दफा ५२
लापरवाही वा गल्ती भएमा क्षतिपूर्ति दिनुपर्ने
कुनै खास बैङ्कबाट भुक्तानी हुने गरी स्वीकार भएको विनिमेयपत्र भुक्तानीको लागि रीतपूर्वक प्रस्तुत भएकोमा बैङ्करको लापरवाही वा गल्तीको कारणबाट धारकलार्ई हानी नोक्सानी हुने गरी अनादर भएमा सो बैङ्करले धारकलार्ई यस ऐन बमोजिम क्षतिपूर्ति दिनुपर्नेछ ।